Wednesday, May 14, 2025
देशकोशी प्रदेशमोरङको छुट्टाछुट्टै ठाउँमा भएको घटना दुईजनाको मृत्यु
spot_img

मोरङको छुट्टाछुट्टै ठाउँमा भएको घटना दुईजनाको मृत्यु

spot_img

सुनसरी / मोरङ छुट्टाछुट्टै ठाउँमा भएको घटनामा एम्बुलेन्स र मोटरसाइकल दुर्घटना हुँदा एक वृद्ध र एक युवकको मृत्यु भएको हो ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ४४१४ नम्बरको एम्बुलेन्सले हिजो शनि राति ८ बजेतिर ठक्कर दिँदा एक जना साइकलयात्री वृद्ध पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुने बूढीगङ्गा- ४ का ६९ वर्षीय मङ्गल रामको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार साइकलमा सडक पार गर्दै गरेको अवस्थामा एम्बुलेन्सले ठक्कर दिँदा गम्भीर घाइते भएका रामको उपचारका क्रममा बूढीगङ्गाकै विराट शिक्षण अस्पतालमा राति साढे १२ बजेतिर मृत्यु भएको हो ।

खाली रहेको एम्बुलेन्सको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै फरार बनेका एम्बुलेन्स चालकको प्रहरीले खोजी गरिरहेको छ । एम्बुलेन्सलाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मोरङको बूढीगङ्गा गाउँपालिका- ४ स्थित प्रिमियर वायर उद्योगअगाडि दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उद्योगमै कार्यरत सुरक्षा गार्डको मृत्यु भएको छ ।

राति ८ः४० बजेतिर दुर्घटना हुँदा उद्योगका सुरक्षा गार्ड भोजपुरको अरुण गाउँपालिका–५ घर भएका २६ वर्षीय राम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पैदल हिँडिरहेका बेला दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा आज आइतबार बिहानका राति ३ः४० बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पनि सामान्य घाइते भएकाको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img