सुनसरी / झापामा पछिल्लो पाँच दिनमा दुई वटा हात्ती मृत फेला परेका छन् ।
असार १७ गते बुद्धशान्ति गाउँपालिका- ५ को आयाबारीमा र झापा अर्जुनधारा ४ दहिझोडामा आज बिहान एक हात्ती मृत फेला परेको छ । सुखानी सहिद मार्ग देखि तल दहिझोडा खोला किनारमा एक किसोर अवस्थाको हात्ती मृत् फेला परेको हो।
असार १७ गते पनि दाह्रे हात्ती नै मृत भेटिएको थियो । दुवै हात्तीको मृत्युको कारण खुल्न सकेको छैन ।