Thursday, April 24, 2025
देशकोशी प्रदेशधरान ११ को सर्दु खोलामा पानी आयो , मेयर हर्क साम्पाङ र...
spot_img

धरान ११ को सर्दु खोलामा पानी आयो , मेयर हर्क साम्पाङ र धरानकाबासीहरू खुसि

सुनसरी / निकै कष्ट र दु: खका साथ हिजो धरान २० को पकुवा खोलाको पानी धरान ११ को सर्दु खोलामा आएको छ ।

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारीबाट मेयर भनेका धरानका मेयर हर्क साम्पाङको खानेपानी सपना हल भएको छ ।धरानका बासिन्दाले देखेको सपना, धरानको सहरमा ल्याउने खानेपानी अन्तिम अन्तिम चरण आएको छ ।

त्यसैक्रममा `मेयरको सपना धरानको वडा नं २० स्थित पकुवा खोलाका पानी ल्याउने ´ उनले आफ्नो योजना केही नजिकका साथीभाईसँग बुने, सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।

करिब तीन साता अघि जनश्रमदानबाटै पकुवाको पानी ल्याउने नेतृत्व गर्न पुगेका मेयर साम्पाङलाई सयौं धराने जनताले साथ दिए । हरेक शनिबार र अन्य सार्वजनिक विदाको दिन उनी अहिले पनि श्रमदान गर्न पुग्छन् ।

जनताको समर्थन र राजनीतिक दलका केही नेता, कार्यकर्ताहरुको आलोचनाको बीच जारी पकुवा प्रोजेक्ट अब भने सफलता उन्मुख भएको छ । यतिका दिनको मेहनत पछि हिजो सोमबार पकुवाको पानी पाइपमार्फत सर्दु खोलामा झार्न सफलता मिलेको छ ।

हिजो दिउँसो पकुवाको पानी धरान ११ स्थित सर्दु खोलामा पाइपबाट खस्दा श्रमदान गरिरहेका धरानबासीहरुमा असिम खुशी र उत्साह जागेको थियो । अब धरानका बासिन्दाहरूको घर घर खानेपानी ल्याउने काम अन्तिम अन्तिम चरणमा रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img