Thursday, March 20, 2025
देशकोशी प्रदेश८ वर्षीय बालिकामाथि बला'त्कार, ६ महिनापछि आराेपी पक्राउ

८ वर्षीय बालिकामाथि बला’त्कार, ६ महिनापछि आराेपी पक्राउ

सुनसरी / मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीया बालिकामाथि बला’त्कार गरेको आरोपमा ६ महिनापछि एकजनालाई पक्राउ गरिएको छ ।

६ महिनापछि बालिकामाथि भएको घटना गाउँमा नै मिलापत्र गराएको पाइएको छ । गत माघ ५ गते कानेपोखरी गाउँपालिका- ६ का एक पुरुषले चिनजानकी बालिकालाई आफ्नो घरमा लगेर क’रणी गरेका थिए । घटना भएकै दिन स्थानीयले पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति पछि मौखिम रुपमा मिलापत्र भएको थियो ।

मिलापत्र भएकाे घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । पीडितका बुबाकाे जाहेरीका आधारमा प्रहरीले कानेपोखरी गाउँपालिका- ६ का ४३ वर्षीय काजिमान पुरीलाई पक्राउ गरेको हो ।

घटनाका बारेमा थाहा पाएपछि गत असार ३० गते बालिकाका बुबाले जाहेरी दिएपछि पुरीलाई सोमबार पक्राउ गरिएको छ । पक्राउ परेका अभियुक्त पुरीलाई जिल्ला अदालतको आदेशमाा जब’र्जस्ती कर’णी मुद्दामा कारबाहीका लागि हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img