Thursday, March 27, 2025
देशकोशी प्रदेशबेलबारीको जंगलमा किरा परेको अवस्थामा एक महिला शव भेटियो

बेलबारीको जंगलमा किरा परेको अवस्थामा एक महिला शव भेटियो

सुनसरी / मोरङको बेलबारी नगरपालिका- १० स्थित भाउन्नेको जंगलमा किरा परेको र सडेको अवस्थामा हिजो मंगलबार दिउँसो एकजना महिलाको शव भेटिएको छ ।

अहिलेसम्म शवको पहिचान खुलेको छैन । मोरङ प्रहरीका डीएसपी राजन कार्कीका अनुसार सिर्जना सामुदायिक वनभित्र अन्दाजी ४५- ४६ वर्षीया महिलाको शव फेला परेको छ ।जंगलमा निगुरो टिप्न गएकाहरुले शव देखेपछि दिउँसो साडे दुई बजेतिर प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा घटना केहीदिनअघि भएको जस्तो देखिने प्रहरीले जनाएको छ ।

प्रहरीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । सडेर दुर्गन्धित भएको र शरीरका केही भागमा किरा परेको अवस्थामा शव फेला परेको छ,’ डीएसपी कार्कीले भने, ‘शव पोस्टमार्टमका लागि धरान पठाएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको कारण खुल्नेछ।’ उनले मृतकको पहिचानको प्रयास भइरहेको जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img