Thursday, April 24, 2025
देशकोशी प्रदेशविराटनगरमा अपहरणमा परेकी बालिको सकुशल उद्बार, घटनामा संलग्न दुई जना पक्राउ
spot_img

विराटनगरमा अपहरणमा परेकी बालिको सकुशल उद्बार, घटनामा संलग्न दुई जना पक्राउ

सुनसरी / मोरङको विराटनगर महानगरपालिका- १२ रोडषेश चोकबाट अपहरणमा परेकी १ वर्षीया बालिकाको उद्धार भएको छ ।

मोरङको बुढिगंगा गाउँपालिका- १ का दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवको सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ भने अपहरणमा संग्लग्न २ जना पक्राउ परेका छन् । गत श्रावण २ गते सोमबार बिहान ९ बजेको समयमा रोडषेश चोकबाट बालिका अपहरणमा परकि थिइन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयलाई खबर प्राप्त भएपछि आर आइ टि समुहको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान टोली अनुसन्धान तथा बालिकाको खोजतलासमा खटिएको थियो ।

१ बर्षीया बालिका अपहरणमा परेको गम्भिर प्रकृतिको घटनालाई तत्काल टेक्निकल बिश्लेशणका आधारमा अनुसन्धान गर्ने क्रममा घटनामा संग्लग्न रहेका विराटनगर महानगरपालिका- ६ का २७ बर्षीय रबिन्द्र कुमार साहको संग्लग्नता रहेको खुले सँगै साहलाई श्रावण ३ गते पक्राउ गरी थप अनुसन्धान शुरु भएको थियो ।

अनुसन्धानको क्रममा अपहरित बालिका भारतको दरभंगामा रहेको खुले संगै भारतिय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्धार गरिएको हो । अपहरणमा संग्लग्न विराटनगर- ५ कि २७ बर्षीया अनु साहलाई समेत पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका दुबै जना बिच घनिष्ट सम्बन्ध रहेको र केही महिना अगाडि अनु साहको अपहरित बालिकाको बुबा दिपेन यादव सँग समेत चिनजान भएको थियो ।

दुबै जनाको चिनजान र भेटघाटको क्रममा अनु साहले दिपेन यादवलाई छोरी हेर्न मन लागेको भनि बारम्बार छोरी लिएर आउन कर गरे सँगै श्रावण २ गते यादवले छोरीलाई लिएर रोडषेस चोकमा आएको र पुर्व योजना अनुसार केही बाहाना बनाएर अनुले दिपेनको छोरीलाई लिएर भाग्न सफल भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

बालिकालाई सोही स्थानमा रहेका रबिन्द्र कुमारको मोटरसाईकलमा हालेर दुहवी,भान्टावारी र राजबिराज हुँदै भारतको कुनौली तर्फ पठाई रबिन्द्र कुमार नेपाल फर्केको समेत अनुसन्धानको क्रममा खूल्न आएको छ भने थप घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img