देशकोशी प्रदेशमोरङमा कन्टेनरको ठक्करबाट दुई जनाको मृत्यु

मोरङमा कन्टेनरको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी / मोरङको बुढीगंगा गाउँपालिका- २ स्थित कोशी लोकमार्गमा कन्टेनरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

आज बिहान साढे ६ बजे आर आई ३८ एक्स २२१० नम्वरको कन्टेनरले को ३० प ९१०३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक मोरङको केरावारी गाउँपालिका- ७ का २७ बर्षीय हर्क परियार र मोटरसाईकल पछाडि सवार रहेका २१ बर्षीय भिम बहादुर राईलाई उपचारको लागि बिराट मेडिकल कलेज गङ्गा चोक लगिएकोमा अस्पताल पुर्‍याउना साथ दुवै जनाको मृत्यु भएको हो ।

ठक्कर दिने सवारी साधन र चालक भारत भरतपुर एकल औहराका मोरध्वज पाललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img