Wednesday, December 4, 2024
देशकोशी प्रदेशइटहरीबाट चितवन बोलाएर पोखराको होटलमा दुईजनाले एक महिलालाई ब´लात्कार

इटहरीबाट चितवन बोलाएर पोखराको होटलमा दुईजनाले एक महिलालाई ब´लात्कार

सुनसरी / इटहरीबाट चितवन बोलाएर पोखराको एक होटलमा फेसबुकमा चिनजान भएकै बरमा साथीलाई विश्वास गर्दा एक युवती ब´लात्कारको शिकार भएकी छन् ।

फेसबुकबाट चिनजान बनाएका नुवाकोट घर भई काठमाडौँमा व्यवसाय गरी बस्दै आएका मधुसुदन पाण्डे र उनकै साथमा रहेका अर्का एक व्यक्तिले घुमफिरका लागि युवतीलाई चितवन बोलाई त्यहाँबाट पोखरा लगी गत असार २२ गते ब´लात्कार गरेका हुन् । पाण्डे हाल कास्की प्रहरीको हिरासतमा छन् । अर्का आरोपी राजु राउत भने फरार रहेका छन् ।

आरोपी राउत र पीडित युवतीबीच ७/८ महिना अघि टिकटक लाइभमार्फत चिनजान भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । चार जनाको समूहसँग घुमफिरमा निस्किएकी युवतीले चारमध्ये दुई जनाले आफूमाथि ब´लात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।

पोखराको एक होटलमा आफूसहित पाँच जना बास बसेकोमा दुई जनाले आफूमाथि ब´लात्कार गरेको भन्दै युवतीले काठमाडौँस्थित प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएपछि प्रहरीले गत असार २५ गते अभियुक्त मध्येका एक मधुसुदनलाई काठमाडौँको बालाजुबाट पक्राउ गरेको हो ।

ब`लात्कार दुई जनाले मात्र गरेको भएपनि आफूमाथि अन्य दुई जनाले पनि यौन दुव्र्यवहार गरेको उजुरी युवतीले दिएकाले प्रहरीले उनीहरूको खोजि गरिएको छ । अर्का एक अभियुक्त र उनीहरुका दुई साथी अझै फरार रहेकाले उनीहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img