Friday, October 4, 2024
देशकोशी प्रदेशरामधुनीमा चालक निदाउँदा माईक्रो दुर्घटना, १० जना घाइते

रामधुनीमा चालक निदाउँदा माईक्रो दुर्घटना, १० जना घाइते

सुनसरी / रामधुनी नगरपालिका -१ तित्रिवनमा सोमबार बिहानका राति हायस माइक्रो दुर्घटना हुँदा चालक र सहचालकसहित १० जना घाइते भएका छन् ।

पुर्व- पश्चिम लोकमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ५ ख ६०८७ नम्बरको हायस आफैँ अनियन्त्रित भएर आज बिहानका राति करिब २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

घाइतेहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इटहरीको बेदान्त अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालक निदाएका कारण हायस दुर्घटनामा परेको खुलेको छ ।

दुर्घटनामा परेर झापाको दमक नगरपालिका–२ का ४० वर्षीय सञ्जय साह, उनकी पत्नी ३६ वर्षीया मीरा साह, छोरा ८ वर्षीय सगुन साह, झापा धरमपुरमा बस्ने २७ वर्षीय धनराज आङ्दाबे र ३४ को प्रकाश सापकोटा घाइते भएका छन् ।
त्यस्तै, झापा शान्तिनगरमा बस्ने ३६ वर्षीय अमर लेप्चा, शिवसताक्षी- १ का ३४ वर्षीय पुन्य नेपाल, तेह्रथुम जिल्लाकी ५३ वर्षीया भक्तकुमारी राई घाइते भएका छन् ।

घाइतेमध्ये सप्तरी भारदहका ३१ वर्षीय जितेन्द्रकुमार दास हायसका चालक र सुनसरीको इनरुवा नगरपालिका–८ का २८ वर्षीय विनोद उराव सहचालक घाइते भएका छन् । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img