सुनसरी / मोरङमा एक वर्षको अवधीमा ७६ बालबालिका हराएका छन् । हराएका ३४५ जना बालबालिकामध्ये ७६ जना कहाँ छन् भन्ने अहिलेसम्म यकिन भएको छैन ।
मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार फेला नपरेका ७६ जनामा ५६ जना बालिका रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७८-२०७९ मा प्रहरीमा परेको निवेदनका आधारमा खोजतलास गरेर २६९ जना फेला पारिएको थियो । जसमा २२१ बालिका र ४८ जना बालक रहेका छन् ।
एकवर्ष अवधिमा ६८ बालक र २७७ बालिका हराएको निवेदन प्रहरीमा परेकोमा प्रेम विवाह गरेर भाग्ने २४३ रहेका छन् । यसैगरी, घरायसी समस्या, झै–झगडा र गरिबीका कारण १०१ जना बालकालिका हराएको प्रहरीको तथ्यांकमा उल्लेख छ । एकजना मानव बेचबिखनमा परेको प्रहरीको तथ्यांकमा उल्लेख छ । हराएका बालिकाहरूको खोजि भइरहेको प्रहरीले जनाएको छ ।



