अन्तर्राष्ट्रियअष्ट्रेलियामा हस्तमैथुन गर्दैगर्दा नेपाली पक्राउ

अष्ट्रेलियामा हस्तमैथुन गर्दैगर्दा नेपाली पक्राउ

एजेन्सी : सन् २०१५ मा अष्ट्रेलिया पुगेका एक नेपाली पुरुष ‘यौन अपराधी’ घोषित भएर घर फर्काइने स्थितिमा पुगेका छन् । २६ वर्षीय ती नेपाली युवक २०२१ मा होबार्टमा पक्राउ पर्दा खाद्यान्न डेलिभरी चालकको रूपमा कार्यरत थिए ।

होबार्ट मजिस्ट्रेटको अदालतका अनुसार घटना घटेको दिनमा ती नेपाली बिहानको डिलिवरी सकाएर र रोजनी पार्कतिर गएका थिए । त्यहाँ पुगेपछि वरपर कोही नभएको लागेर उनी कारभित्र हस्तमैथुन गर्न लागे । काउन्सिलका श्रमिक उनलाई त्यहाँ कार रोक्न पाइँदैन भन्न कार नजिक पुग्दा भित्रको हर्कत देखे । काउन्सिल श्रमिकले उनलाई त्यस दिन त्यहाँबाट जान भने पनि पछि उनलाई निषेधित व्यवहारमा संलग्न भएको मुद्दा पर्यो । मुद्दामा उनी दोषी पाइएका छन् ।

अदालती प्रक्रिया अन्तर्गत कम्युनिटी करेक्सन तास्मानीय(सीसीटी)लाई ती आप्रवासीले पुनः अपराध गर्ने जोखिम रहे, नरहेको मुल्यांकन गर्ने जिम्मेवारी दिइएको थियो । सामान्यतया अदालतले सीसीटीको मूल्यांकनका आधारमा व्यक्तिलाई यौन अपराधीको सुचिमा राख्न सक्छ । सीसीटीले उसको अनुसन्धानबाट ती नेपाली आप्रवासीले पुनः अपराध गर्ने मध्यम जोखिम भएको रिपोर्ट बुझायो । यस रिपोर्टले एक त नेपाली व्यक्तिलाई कानुनी दस्तावेजमा यौन अपराधीका रुपमा सूचीकृत गर्छ भने अर्को उनी अष्ट्रेलीयाबाट निकालिन सक्छन् ।

सीसीटीको निष्कर्षलाई ती व्यक्तिका वकिल दिनेश लोगनाथनले चुनौती दिएका छन् । यसका लागि उनले दुई क्लिनिकल साईकोलोजिस्टहरु डा. ग्रान्ट ब्लेक र डा. एम्मा कोलिन्सको रिपोर्ट अदालतमा प्रस्तुत गरेका छन् । दुवै मनोवैज्ञानिकले पक्राउ परेका नेपालीले पुन अपराध गर्न सक्ने भन्ने सीसीटीको मूल्याङ्कनलाई खण्डन गरेका छन् । लोगनाथनले सोमबार न्यायाधीश एन्ड्र्यू म्याकीसँग चिकित्सकीय मनोवैज्ञानिकको रिपोर्ट दिए पनि सीसीटीले आफ्नो अडान परिवर्तन नगरेको दलिल पेस गरे ।

मनोवैज्ञानिकहरूले सीसीटीले पक्राउ परेका नेपालीले पुनः अपराध गर्ने सम्भावना रहेको देखाउन ‘यौन अपराधी जोखिम मूल्याङ्कन’ विधी गलत तरिकाले लागू गरेको आरोप लगाएका छन् । साथै यो विधि अन्य मुद्दामा पनि दुरुपयोग हुन सक्ने उनले बताए । पक्राउ परेका नेपाली आप्रवासीका वकिल लोगनाथनले डा. ब्लेकले कारभित्र हस्तमैथुन गरेको अवस्थामा फेला परेका व्यक्तिमाथि ‘यौन अपराधी जोखिम मूल्याङ्कन’ विधि प्रयोग गर्नुनै गलत भएको बताएको दलिल पेस गरे ।

क्यानेडियन, यूके अनुसन्धानदाताद्वारा विकसित विधि
‘म्यानुअल फर स्ट्याटिक९९आर’ले ‘सेक्सिटिङ’, ‘सार्वजनिक स्थानमा सहमतिमै गरिने यौन सम्पर्क’ र ‘यौन मनसायले गरिने अश्लिल व्यवहार’लाई क्याटोगोरी ‘बी’ यौन अपराधमा समावेश गरेको छ । क्यानाडा र बेलायतका अनुसन्धानकर्ताहरूद्वारा विकसित स्ट्याटिक–९९आर निर्देशिका ‘पहिचानयोग्य पीडितसँग हुने वास्तविक यौन अपराध भएको अवस्थामा’ लागू गरिन्छ ।

यौन अपराधी जोखिम मूल्याङ्कन विधि गलत रूपमा प्रयोग भइरहेको छ भन्ने मनोवैज्ञानिकहरूको रायबारे अदालतले सीसीटीकी प्रतिनिधि इमिली ड्राईस्डेलसँग प्रश्न गर्दा उनले तिनको धारणा शिर्ष नेतृत्व कहाँ पठाएको बताइन् । ‘मैले चिकित्सकीय रिपोर्ट विशेष प्रबन्धकलाई बुझाएको छु र त्यसको अनुकूल प्रतिक्रिया भने पाएकी छैन । शिर्ष व्यवस्थापकले उक्त विधि सही रुपमा नै प्रयोग भएको जवाफ दिएका छन्,’ उनले अदालतलाई भनिन् ।

मुद्दा अहिले खारेज भएको र यो विवाद अब सम्भवत ‘विवादित तथ्यहरूको सुनुवाइ’मा जानेछ, जहाँ आरोपी दोषी वा निर्दोष भएको जाँच गर्नुभन्दा पनि उनीविरुद्ध प्रयोग भएको प्रमाणकै सत्यतथ्य वा सान्दर्भिकता जाँचिन्छ ।

(एबीसी न्युजको लागि लुसी म्याकडोनाल्डको रिपोर्ट)

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका