Wednesday, January 15, 2025
देशकोशी प्रदेशधरानस्थित सर्दुखोलाबाट बिजुली बल्न थाल्यौं , मेयर हर्क साम्पाङले गरे बिजुली उत्पादन

धरानस्थित सर्दुखोलाबाट बिजुली बल्न थाल्यौं , मेयर हर्क साम्पाङले गरे बिजुली उत्पादन

सुनसरी / धरानस्थित सर्दुखोलाबाट बिजुली बल्न थालेको छ । बिहीबार टर्वाइन घुमाएर बालिएको बिजुलीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले रिवन काटेर उद्घाटन गरेका छन् ।

उनी यतिखेर धरानमा पानी ल्याउने संघर्षमा छन् । यता , बिजुली बाल्न मेयर साम्पाङसँगै पुगेका धरानबासीले पनि बिजुली बल्यो भन्दै खुशी साटासाट गरेका थिए ।

मेयर साम्पाङले भने ‘धरानमै पनि अहिले बिजुली बत्ती झलझली बल्दा जस्तै लागेको छ´ ‘तर यो सानो हो र नमूना समेत हो, विद्युत बाल्ने सपना बल्ल पूरा भएको छ, यसले धरानमा पनि बिजुली बाल्न सकिन्छ भन्ने उदाहरण पस्किएका छौं ।’
उनले बानियाँटारमा पोखरी बनाएर त्यहाँबाट धरानभरी बाल्नेगरी बिजुली उत्पादन गरिछाड्ने प्रतिबद्धता जनाए ।

३१ मिटरको हेडबाट पानी झारेर टर्वाइन घुमाएर बिजुली निकालिएको प्रोजेक्ट म्यानेजर तर्क मगरले बताए । धरानबासीकै जनश्रमदानमा बिजुली बाल्न सकिएको प्रोजेक्ट म्यानेजर मगर बताए । वाटको हिसाबले तीन सय र भोल्टको हिसाबले २४० भोल्ट बिजुली उत्पादन भएको छ । सो बिजुलीबाट २० वटा वल्भ बल्न सक्ने उनले जानकारी दिए ।

उपमेयर अइन्द्रविक्रम बेघाले धरानमा पहिलोपल्ट बिजुली उत्पादन भएको र खोलाखोल्सीबाट पनि बिजुली उत्पादन हुन्छ भन्ने प्रमाणका रुपमा यो ‘प्रोजेक्टको कन्सेप्ट’ आएको बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img