सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो एक सय दिनको काम सार्वजनिक गरेका छन् । उनले बिहीबार बिहान आफ्नो सामाजिक सञ्चाल फेसबुक मार्फत १३ बुँदे काम सार्वजनिक गरेका हुन् ।
उनले नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेको, चार ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको एक सय दिनमा मेयर साम्पाङले आफूले गरेको कामको विवरण यस्तो छ:-
-नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें
-४ ठाउँबाट खानेपानीको मूहान थपें । व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
-६ लाख विरुवा रोपें
-सरसफाइमा देखिने सुधार ल्याएँ
-शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ
– प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
-जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें
-बाटो मर्मत संभार तथा तटबन्धन, विपद व्यवस्थापन
– लागु औषध विरुद्धको अभियान शुरु गरें
– योजनाहरुका लागि बजेटको जोहो गराएँ
-पारदर्शी हिसाब किताब सार्बजनिक गरें
-पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँको मेयर हर्क साम्पाङले सार्वजनिक गरेका छन् ।