सुनसरी / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुनसरीमा सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरुले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ ।
बन्दका कारण विद्यालय बन्द गरिएको छ । काहिँ कत्तै विद्यालय लागे पनि पठनपाठन राम्रो सँग भएको छैन । इटहरी चोक , बरगाछि , तरहरा र धरानसम्मका सवारीसाधनहरू हिजो अस्तिको भन्दा कमै मात्रामा चलिरहेका छन् ।
निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्न्य प्रभाव परेको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित गरेको, महंगी बढेको विरोधमा विप्लव समूहले मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो ।