सुनसरी / सुनसरीको इनरुवामा श्रीमतीको हत्या गरी फरार रहेका एक पुरुष पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईका अनुसार सुनसरीको इनरुवा नगरपालिका ४ की २३ वर्षीया अनितादेवी खत्वेको ह´त्या गरी फरार रहेका उनकै श्रीमान ३५ वर्षीय विनोदकुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७४ साल जेष्ठ ४ गते राति श्रीमतीको हत्या गरी घटनास्थलबाटै फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
लुकिछिपी वैदेशिक रोजगारीका लागि मलेसिया गएको पाइएको छ । मलेसियाबाट केहीदिनअघि मात्रै घर फर्किएका उनलाई प्रहरीले गत सोमबार साँझ पक्राउ गरेको हो । घटनाको ५ वर्षपछि पक्राउ गरेर विनोदविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाईएको थियो ।
पहिलोपटक मलेसियामा ३ वर्ष बसेर नेपाल फर्किएको प्रहरीले जनाएको छ । विनोद र अनिताबीच २०६५ सालमा प्रेम विवाह भएको थियो । श्रीमतीको ह´त्या आरोपमा पक्राउ परेका खत्वेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।