फिचरनक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ : बालेन्द्र साह

नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ : बालेन्द्र साह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले कानुनअनुसार नै काम गरेकाे बताएका छन् ।

आज बिहीवार दिउँसाे नयाँ बानेश्वरमा रहेकाे अल्फा बिटा कम्प्लेक्सकाे अवैध संरचनामा डाेजर चलाएपछि मेयर साहले यस्ताे बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’

यस्तै उनले आफैँले बुझेर अवैध संरचना हटाउन आग्रह गर्दै नक्सा जसरी पास भएको छ, त्यहीअनुसार संरचना बनाउन पनि आग्रह गरेका छन् ।

यसअघि आज बिहान अवैध संरचना हटाउन पुग्नुभएका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img