देशकोशी प्रदेशरङ्गेलीमा माछा पोखरीमा भेटियो वृद्धाको शव फेला

रङ्गेलीमा माछा पोखरीमा भेटियो वृद्धाको शव फेला

सुनसरी / मोरङको रङ्गेलीमा माछा पोखरीमा बुधबार साँझ वृद्धा महिलाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार हिजो बुधबार रङ्गेली नगरपालिका- १ की ७६ वर्षीया कृष्णमाया बस्नेतको शव घरदेखि लगभग ५ सय मिटर उत्तरमा रहेको पोखरीमा फेला परेको हो ।

घरबाट बुधबार बिहान ९ बजेतिर हिँडेकी वृद्धाको खोजी गर्ने क्रममा रङ्गेली- १ स्थित पोखरीमा शव भेटिएको हो । आफन्त र परिवारका सदस्यले खोजी गर्ने क्रममा शव भेटेपछि प्रहरीलाई घटनाको जानकारी दिएका हुन् शव पोस्टमार्टमका लागि रङ्गेली अस्पतालमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img