देशकोशी प्रदेशधरानका मेयर हर्क साम्पाङले भने बचतकर्ताको रकम फिर्ता नगर्ने धरानका सहकारिमा भोटे...
spot_img

धरानका मेयर हर्क साम्पाङले भने बचतकर्ताको रकम फिर्ता नगर्ने धरानका सहकारिमा भोटे ताला

सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी संचालकहरुलाई तत्काल रकम फिर्ता गर्न निर्देशन दिदै चेतावनि पनि दिएका छन् ।

धरान उपमहानगरपालिकाले आज आयोजना गरेको सहकारि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने ‘ बचतकर्ताको रकम फिर्ता नगर्ने धरानका सहकारिमा भोटे ताला लगाउने छौ’ धरानमा सहकारिले जनतालाई सहयोगि भूमिका खेलेको छ ।

उनले भने ‘ हामि नगर स्थानिय सहकारि टिम गठन गर्छौ ,अनुगमन गर्छौ,सहकारिको स्तरउन्नति गर्छौ र स्थानिय सहकारिलाई उपमहानगरपालिकाले सहयोग गर्छ तर, रकम फिर्ता नगरे संचालकहरुमा यति हेक्का रहोस भोटे ताला सहकारिमा लगाएर कारबाहि पनि गर्छौ।’ फिर्ता दिन नसक्नेले किन रकम बचत गर्नु भनी हर्क साम्पाङले भने ।

उनले सहकारी ऐन अनुसार बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी संचालकलाई कडा कार्वाहि गर्ने पार्टीगत लविङ नचल्ने चेतावनी दिए।धरानका उपमेयर अईन्द्रविक्रम बेघाले नियम विपरित संचालनमा आएका सहकारीहरुले बचतकर्ताहरुको रकम अपचलन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img