Wednesday, April 30, 2025
देशकोशी प्रदेशसामूहिक ब´लात्कारका दोषी ८ वर्षपछि पक्राउ
spot_img

सामूहिक ब´लात्कारका दोषी ८ वर्षपछि पक्राउ

सुनसरी / सामूहिक ब´लात्कारमा दोषी ठहर भए पनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका एक जना ८ वर्षपछि केराबारीबाट प्रहरीले पक्राउ गरेको छ ।

घटना भएको ८ वर्षपछि मोरङको केराबारी गाउँपालिका- ८ का ३१ वर्षीय अशोककुमार भनिने गिरिजा बस्नेतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बस्नेतसहित तीन जनाले २०७१ साल जेठ ९ गते विद्यालयबाट फर्कदै गरेकी १६ वर्षीया किशोरीलाई मोटरसाइकलमा राखी जङ्गलमा पुर्याएर सामूहिक बलात्कार गरेका थिए ।
घटनामा संलग्न प्रकाश थापा त्यतिबेलै पक्राउ परे ।

दुई जना फरार थिए । फरार रहेकामध्ये बस्नेतलाई इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले पक्राउ गरेर बिहीबार अदालतमा पेश गरेको छ । घटना संलग्न एक जना अझै फरार रहेको र खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

सामूहिक बलात्कार घटनामा प्रहरीले चलाएको जबरजस्ती करणी मुद्दामा तीनै जनालाई २०७२ चैत ३ गते जिल्ला अदालत मोरङले जनही १३ वर्ष कैद सजाय र २५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो । पक्राउ गरेर प्रहरीले बुझाएपछि बस्नेतलाई अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img