खेल समाचारभारतमाथि नेपालको ऐतिहासिक जित

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साबिक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन ।

फाइनल खेल सोमबार हुनेछ । पहिलो सेमिफाइनलमा भुटानलाई ८- ० ले हराएर बङ्गलादेश फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img