सुनसरी / झापाको कन्काईमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय झापाका अनुसार पुर्व- पश्चिम राजमार्ग झापाको कन्काई नगरपालिका- ४ सुरुङ्गास्थित माईपुलमा पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको प्रदेश ०३-००१ क ००९१ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको दम्पती सवार प्र १-०१-०१३ प ८३१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार चालक झापा बाह्रदशी गाउँपालिका- ५ फूलबारी बस्ने ४६ वर्षे सागर पौडेल र उनकी पत्नी ४० वर्षीया गीता पौडेल घाइते भएका थिए । उपचारक्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतलमा बेलुकी ५ बजे सागरको मृत्यु भएको सुरुङ्गा प्रहरीले जनाएको छ । घाइतेको उपचार सो अस्पतालमा भइरहेको छ । ठक्कर दिने टिपर प्रहरीले नियन्त्रणमा लिइ दुर्घटनाको विषयमा थप अनुसन्धान गरेको छ ।



