देशकोशी प्रदेशमाछा मार्ने क्रममा करेन्ट लागेर २५ वर्षका युवाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर २५ वर्षका युवाको मृत्यु

सुनसरी / मोरङको बुढीगंगामा माछा मार्ने क्रममा तेह्रथुमका छथर शुक्रबारेका २५ वर्षका युवाको करेन्ट लागेर मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका- १ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रिमा काम गर्ने मजदुरको करेन्ट लागेर तेह्रथुमको छथर शुक्रबारे ५ घर भएका २५ वर्षीय आकाश लिम्बूको मृत्यु भएको छ ।

फ्याक्ट्रि नजिकै जमेको पानीको खाल्डोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लिम्बूको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय नेमुवाले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img