Sunday, April 27, 2025
देशकोशी प्रदेशइटहरीमा अवैध रूपमा नेटवर्किङ व्यवसाय गर्ने ६ जना पक्राउ
spot_img

इटहरीमा अवैध रूपमा नेटवर्किङ व्यवसाय गर्ने ६ जना पक्राउ

सुनसरी / इटहरीको ग्लोबल ओरियन्स नामक कम्पनीबाट नेटवर्किङ व्यवसाय गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ गाउँपालिका घर भएकी सचिता राई र सुन्दरहरैँचा नगरपालिका घर भएका सञ्जीव माझी रहेका छन् भने अन्य चारजना भने कर्मचारी रहेका छन् ।

कम्पनीले केही समययता इटहरी वडा नम्बर-९ मा रहेको साथी पेट्रोल पम्प नजिकै एक कोठाभाडा लिएर विभिन्न औषधी तथा विभिन्न कम्पनीका सामग्री बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीलाई आएको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

स्थानीय तथा आम नागरिकलार्ई आर्थिक प्रलोभन देखाएर थोरै लगानी गरी धेरै कमाउन सकिने भन्दै ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रतिव्यक्ति १५ हजारदेखि एक लाखसम्म रकम लिएको पीडितले प्रहरीमा जानकारी गराएका छन् ।

जति धेरै सदस्य बनायो त्यति धेरै पैसा कमाइन्छ,विदेशमा घुम्न जान पाइन्छ, जस्ता प्रलोभन देखाएर ठगी गर्ने गरेको खुलेको छ ।हालसम्म इटहरी प्रहरीमा १० जना पीडित आएको र थप अनुसन्धानको क्रम अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img