अन्तर्राष्ट्रियविद्यालयमा हवाई आक्रमण, ७ बालबालिकासहित १३ जनाकाे ज्यान गयाे

विद्यालयमा हवाई आक्रमण, ७ बालबालिकासहित १३ जनाकाे ज्यान गयाे

एजेन्सी : उत्तर–मध्य म्यानमारमा रहेकाे एक विद्यालय र गाउँमा सेनाले हेलिकप्टरबाट आक्रमण गर्दा सात जना बालबालिकासहित १३ जनाको ज्यान गएको एक जना विद्यालय प्रशासक र अर्का एक जना सहायताकर्मीले बताएका छन् ।

म्यानमारमा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूलाई सहयोग गर्नेहरूमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन् । गएकाे शुक्रवार सागिङ क्षेत्रको ताबायिनमा ती बालबालिका मारिएका हुन् । प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई अपदस्थ गरेर सेनाले सत्ता कब्जा गरेपछि भएको बालबालिकाको यो हताहती सबैभन्दा ठूलो हो ।

सेनाले शासन कब्जा गरेपछि जनतस्तरमा देशव्यापीरूपमा अहिंसात्मक विरोध प्रारम्भ भएपछि सैनिक र प्रहरीले घातक कारबाही थाल्दा सहर र गाउँमा सशस्त्र प्रतिरोध जारी छ । राष्ट्र सङ्घीय बालकोषको पछिल्लो प्रतिवेदनअनुसार सागिङमा सेनाले भिषण कारबाही गरेको छ जहाँ कैयौँ गाउँ जलाइएका थिए । सैनिक कारबाहीका कारण त्यहाँबाट झन्डै पाँच लाख सर्वसाधारण विस्थापित भएका छन् ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका