Sunday, April 20, 2025
स्वास्थ्यअनशनरत डा. केसीको स्वास्थ्यमा जटिल समस्या, काठमाण्डौ ल्याउने तयारी
spot_img

अनशनरत डा. केसीको स्वास्थ्यमा जटिल समस्या, काठमाण्डौ ल्याउने तयारी

कैलाली – कैलालीकाे धनगढीमा अनशनरत डा. गोविन्द केसीलाई काठमाण्डौ ल्याउने तयारी गरिएको छ । चिकित्सा क्षेत्रकाे सुधार माग गर्दै अनशनरत केसीमा कडा खालको अल्सरको समस्या देखिएपछि काठमाण्डौ पठाउने तयारी गरेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।

सेती प्रादेशिक अस्पतालले डा. केसीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान सुभाव दिएपछि काठमाण्डौ पठाउने तयारी गरेको उहाँले बताउनुभयो । तर डाक्टर केसीले भने मान्नुभएको छैन । अहिले सेती प्रादेशिक अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । डा. केसीलाई मनाएर केहीबेरमा काठमाण्डौ पठाउने तयारी थालिएको उहाँले बताउनुभयो ।

केसीको मांसपेशी सुक्दै गएको र अल्सर भइ रक्तश्रावकाे शङ्का भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुन सक्ने हुनाले सुविधा सम्पन्न अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गरिसकेको बताउनुभएको छ ।

यसैबीच धनगढीमा अनशनरत डा. गोनिन्द केसी र सरकारी प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको छ । वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सहभागी हुनुहुन्छ भने नेपाल चिकित्सक सङ्घका तर्फबाट डा. अनिलविक्रम कार्की, डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम सुवेदी, ओमप्रकाश अर्याल र डा. विष्णु पोखरेल सहभागी हुनुहुन्छ ।

डा. केसीले सात बुँदे माग राखेर भदौ २७ गतेदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशन सुरु गर्नुभएको हो । उहाँको यो २० औँ अनशन हो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img