समाजनिर्वाचन आयोग संग मेयर साम्पाङको यस्तो गुनासो

निर्वाचन आयोग संग मेयर साम्पाङको यस्तो गुनासो

निर्वाचन आयोगले जरिवाना तोकेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगसँग गुनासो गरेका छन्। साम्पाङले निर्वाचन आयोगले जरिवाना तोकेकोमा ‘मूरी मूरी धन्यवाद’ भन्दै कटाक्ष गरेका छन्।

बेलामा सूचना नदिएको र जरिवाना चाँही ५ लाख ५० हजार तोकेको भन्दै उनले व्यंग्य गर्दै आयोगलाई धन्यवाद दिएका हुन्।

‘बेलामा सूचना नदिने निर्वाचन आयोगले जरिवाना चाहिँ मज्जैले तोकेछ १ ५ लाख ५० हजार जरिवाना रे,’ मेयर साम्पाङले भनेका छन्।, ‘धन्यवाद!मूरी मूरी धन्यवाद’

निर्वाचन आयोगले तोकिएको समयभित्र निर्वाचन खर्च विवरण पेश नगर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय निर्वाचनको खर्च नबुझाउने एक लाख बढी उम्मेदवारलाई आयोगले कारबाही गर्ने बताएको थियो।

तोकिएको समयमा निर्वाचन खर्चको विवरण पेस नगर्ने १५ हजार ७४३ जना र कानुनले तोकेको समय व्यतित भएपछि निर्वाचन खर्चको विवरण बुझाउने एक हजार १५१ जना गरी जम्मा १६ हजार ८९४ जना उम्मेदवारले आफ्नो सफाई सहितको स्पष्टीकरण पेस गरेको आयोगले एक विज्ञप्ति जारी गर्दै जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img