सुनसरी / उदयपुरको त्रियुगा खोलामा नुहाउने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका- ३ कि २२ वर्षीय लक्ष्मी सदाको त्रियुगा खोलामा डुबेर मृत्यु भएको हो । खोलामा नुहाउने क्रममा अचानक खोलामा डुबेर ज्यान गएको खबर आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।