राजनीतिनागरिकता विधेयक: राष्ट्रपतिकाे कदमकाे समर्थन र विराेधमा छुट्टाछुट्टै प्रदर्शन

नागरिकता विधेयक: राष्ट्रपतिकाे कदमकाे समर्थन र विराेधमा छुट्टाछुट्टै प्रदर्शन

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुभएको विषयमा उहाँकाे समर्थन र विराेधमा छुट्टाछुट्टै प्रदर्शन भएकाे छ ।

आज बुधवार नेकपा एमालेको भातृ सङ्गठनले राष्ट्रपतिकाे कदमकाे पक्षमा र नेकपा माओवादी केन्द्रको भातृ सङ्गठनले विपक्षमा काठमाण्डाैमा प्रदर्शन गरेका छन् ।

विधेयक प्रमाणीकरण नगरेकोमा खुसी व्यक्त गर्दै एमाले भातृ सङ्गठन युवा सङ्घले राष्ट्रपतिको तस्बिर छातीमा टाँसेर खुसीयाली मनाएका छन् । तर माओवादीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले संसद्ले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै प्रदर्शन गरेको छ ।

संसद्ले दोस्रो पटक जस्ताको तस्तै पारित गरेर पठाएकाे राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएकाे हाे । राष्ट्रपतिले १५ दिनभित्रमा विधेयक पारित गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका