सुनसरी / इटहरीमा पछिल्लो समय डेङ्गुका संक्रमितको सङ्ख्या ५२ जना पुगेका छन् ।
इटहरी अस्पतालको तथ्याङ्क अनुसार भदौ महिनामा मात्र इटहरीमा एक सय ७९ जना संकास्पद बिरामीहरुको परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टी भएको छ । वैशाख यता दुई सय १९ जनामा परीक्षणमध्ये ६७ जनामा डेङ्गु पुष्टी भएको थियोे ।
डेङ्गु लागि सकेको तीनदेखि चारदिन देखि मांसपेशीहरु दुख्ने, ज्वरो आउँने, टाउँको दुख्ने, आँखा दुख्ने लक्ष्यणहरु देखा पर्ने र यसबाट जोगिन पानी जम्ने खाल्डा खुल्डीहरुमा लामखुट्टेले अण्डा पार्ने भएकाले सजगता अपनाउनु पर्ने र लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गु लाग्नबाट जोगिने उपयुक्त उपाय हो ।
इटहरीमा संक्रमण बढेकाले गर्दा डेङ्गु रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेर वडा वडामा जनचेतना जगाउँने काम भइरहेको इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।
डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने भएकोले र लामखुट्टे सफा पानीमा अण्डा पार्ने भएकोले घरको वरिपरिका खाल्डाखुल्डी पुर्न, गमलादानी, फ्रिजको पछाडि जमेको पानी नियमित सफा गर्न , घरको खानेपानीको ट्याङकीको पानी राम्रोसँग बन्द गर्न पनि आब्हान गरिएको छ ।



