Wednesday, April 30, 2025
राजनीतिनागरिकता विधेयक राष्ट्रिय हितमा थिएन : स्वतन्त्र पार्टी
spot_img

नागरिकता विधेयक राष्ट्रिय हितमा थिएन : स्वतन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयक राष्ट्रिय हितमा नभएको बताएको छ ।

नागरिकता जस्तो विषयमा पाँच वर्षसम्म मौन रहेर अहिले हतारो गरिनु शङ्कास्पद रहेको सो पार्टीको टिप्पणी छ । अहिले विधेयकलाई चुनावी एजेण्डाका रूपमा प्रयोग गर्नु दूषित राजनीतिक अभ्यास भएको स्वतन्त्र पार्टीको ठहर छ ।

संविधानमाथि उठेका प्रश्नहरूको निर्क्यौल न्यायालयले गरे पनि गैर संवैधानिक कदम चालिनु पर्ने परिस्थितिको दोष राष्ट्रपति मात्रै नभएर संसद् र सबै दलले बोक्नुपर्ने बताए ।

एक विज्ञप्ति जारी गर्दै सो पार्टीले अहिलेको अवस्था आउनुमा राजनीतिक दलहरूको अकर्मण्यता र राजनीतिक स्वार्थको दाउपेचका कारण भएको बताएको छ ।

विज्ञप्तमाव लेखिएको छ :-

१) राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणिकरण नहुनुका कारण उठेको संवैधानिक प्रश्नको निर्क्यौल
न्यायालयले गर्नेनै भएतापनि वर्तमान परिस्थिति आउनुमा राजनीतिक दलहरूको अकर्मण्यता र
राजनीतिक स्वार्थको दाउपेच जिम्मेवार रहेको स्पष्ट छ । यसर्थ यो “गैरसंवैधानिक” कदम चालिनु
पर्ने परिस्थितिको दोष राष्ट्रपतिले मात्र होइन संसदले बोक्नु पर्छ, राजनीतिक दलहरुले बोक्नु पर्छ ।

२) विधेयक राष्ट्रहितमा थिएन । तर ५ वर्षसम्म नागरिकता जस्तो विषयमा मौन रहेर अन्तिम समयमा
जुन किसिमको हतारो गरियो, त्यो शंकास्पद रहेको छ । यसरी विधेयकलाई चुनावी एजेन्डाको रूपमा
प्रयोग गर्नु दूषित राजनीतिक अभ्यास हो ।

३) नागरिकता विधेयकका लागि संसदीय समितिमा भएका छलफलहरुलाई अर्थहिन बनाएर जसरी विधेयक
उत्पत्ति गरियो, त्यहाँबाट गल्तीको सुरुवात भएको हाम्रो ठहर छ । त्यसपछि सत्तापक्षको बल मिच्याइँ
तथा विपक्षी दलबाट राजनीतिक अभ्रिष्ट पूरा गर्न गरिएका धुर्त्याइँले गल्ती थप जटिल भएको हो ।

४) राष्ट्रपतिबाट नागरिकतामा प्रादेशिक पहिचान र आमाको सम्मान लगायतका विषयमा दिइएका मनन
योग्य सुझाव समेत वेवास्ता गरेर सत्ता पक्षको बल मिच्याइँ हावी रहिरहनुले पनि यो परिस्थिति सिर्जना
भएको हाम्रो ठम्याई छ ।

५) नागरिकता संशोधन विधेयकमा भएको अंहकार र बलमिच्याइका कारणले गर्दा पाउनु पर्ने नागरिकले
समेत नागरिकता नपाउने अवस्था बन्नु दुःखद छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img