सुनसरी / इटहरीमा पिकअपको ठक्करबाट ६३ वर्षीय साइकलयात्रीको मृत्यु भएको छ ।
हिजो बुधबार बजेतिर इटहरी उपमहानगरपालिका- १७ बक्लौरीस्थित कान्छीचोक -चतरा सडकखण्डमा चतराबाट कान्छीचोकतर्फ आउँदै गरेको को २ च ८४४ नम्बरको पिकअपले साइकलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सोही बाटोतर्फ गएका साइकलयात्री रामधुनी नगरपालिका- ३ मा बस्ने ६३ वर्षीय चन्द्रराज दाहालको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालक जिल्ला मोरङ सिसवानी बडरा ८ बस्ने ३५ वर्षीय सञ्जीवकुमार थारु इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।