Wednesday, April 30, 2025
देशमधेस प्रदेशधनुषामा आफ्नै काकाले रडले हिर्काउँदा ४ वर्षीय बालकको मृत्यु
spot_img

धनुषामा आफ्नै काकाले रडले हिर्काउँदा ४ वर्षीय बालकको मृत्यु

काठमाडौं / धनुषाको महेन्द्रनगरमा फलामको रड प्रहारबाट ४ वर्षीय बालकको ह´त्या भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर – ५ महेन्द्रनगरमा आज दिउँसो ३ बजे २८ वर्षीय रवि पासवानले रडले हिर्काउँदा उनकै भतिजा ४ वर्षीय अनुप पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको ।

रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीले रविलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेको छ ।

बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । हत्याको कारण भने खुल्न नसकेकाले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img