सुनसरी / विराटनगरबाट दुई जना कैदीबन्दी उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन् ।
उनिहरू दुवै जना जिल्ला कारागार झापामा थिए । क्षयरोग देखिएपछि विराटनगर ल्याइएको थियो । क्षयरोग लागेपछि उनीहरु भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए । उपचारका क्रममा उनीहरु शनिबार विहानको राति फारार भएका हुन् ।
हेमरम झापा गाउँपालिका- ५ का बासिन्दा उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको जवरजस्तीकरणी मुद्दाका कैदी फैसला भएको थियो । झापा गाउँपालिका- ३ का गुरुङ भने लागूऔषध मुद्दामा पूर्पक्षका लगि थुनामा थिए ।
जिल्ला अदालत झापाले उनलाई २०७८ कात्तिक ५ गते पूर्पक्षका लागि थुनामा पठाएको थियो । ‘विभागको निर्देशनपछि दुई जनालाई क्षयरोग निवारण संस्थामा राखेर उपचार हुँदै थियो ।
उपचारका क्रममा फरार भएका कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।