Friday, October 4, 2024
समाजसुनसरीमा प्रशासनको इजाजत लिएर राखिएका हतियार प्रहरीलाई बुझाउन आग्रह

सुनसरीमा प्रशासनको इजाजत लिएर राखिएका हतियार प्रहरीलाई बुझाउन आग्रह

सुनसरी / आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले इजाजत लिएर राखिएका हातहतियार प्रहरीलाई बुझाउन सूचना जारी गरेको छ ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै इजाजत प्राप्त तथा अन्य घरेलु हतियार नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार निर्वाचनलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षामा असर नपरोस् भनेर सर्वसाधारणलाई हतियार बुझाउन आग्रह गरिएको हो ।

प्रशासनले हतियार बुझाउने समय सीमा कार्तिक ५ गतेसम्मलाई तोकेको छ । जिल्लामा अनुमति प्राप्त गरेका ४ सय ८८ थान हतियार नागरिकले राखेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img