सुनसरी / झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय झापाका अनुसार झापाको कन्काई ननगरपालिका- ९ स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण जाँदै गरेको प्र-१-०२-०४० प ७६४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको सप्तकोसी नगरपालिका -९ फत्तेपुर बस्ने अन्दाजी ४० वर्षीय केशव गौतमको मृत्यु भएको हो ।
दुर्घटनामा गौतमकै छोरा अन्दाजी १३ वर्षीय शंकेत गौतम घाइते भएका छन् । उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।