देशकोशी प्रदेशझापामा तिहार अगाडि नै सयपत्री फूलको माग बढ्यो

झापामा तिहार अगाडि नै सयपत्री फूलको माग बढ्यो

सुनसरी / नेपालीहरूको महान चार्ड पर्व दशै पछि लगत्तै आउने तिहार , तिहार आउनुअघि नै झापाको मेचिनगरमा सयपत्री फूलको माग बढेन् थालेको छ । आउदै गरेको मङ्सिर ४ गते हुने निर्वाचनका लागि पनि उम्मेदवारलाई विजय गराउन , विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको पाइएको छ ।

त्यसै बिचमा झापाको मेचीनगर नगरपालिका- ४ बाहुनडाँगीमा मेची सामुदायिक घरबास होमस्टे सञ्चालन गर्दै आएका १४ महिलाले मिलेर सामूहिक सयपत्री फूलको खेती गरेका छन् । आठ कठ्ठा जमिन लिजमा लिएर व्यावसायिकरूपमा गरेको सयपत्री फूलको खेतीबाट उनीहरू सन्तुष्ट भएको मेची सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष भावना गुरुङले बताईन।

तीस वटा थुँगाको एउटा माला बन्ने र प्रतिमाला रु ८० का दरले बिक्री भइरहेको छ । पहिलोपटक फूलखेती गरेका महिलाले मागअनुसारको माला पुर्याउन गाह्रो भएपछि अब आउने ८० सालमा एक बिघा जमिनमा फूलको व्यावसायिक खेती गर्ने सोचमा रहेको उनले सुनाईन।

फूल फुलाउनु मात्र पर्दोरहेछ फुल किन्ने ग्राहक बारीमै आउँछन् । उनीहरूलाई सयपत्री फूलको व्यावसायिक खेतीमा मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन कार्कीले समेत सहयोग गर्दै आएका छन् । फूलखेतीका लागि महिलाले जमिन लिजमा लिए पनि घेराबारा गर्नेदेखि उनीहरूलाई विज्ञ व्यक्ति ल्याएर तालिम गराउनसमेत वडाध्यक्षले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img