Saturday, March 22, 2025
देशकोशी प्रदेशविराटनगरको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा ६० वर्षीय कर्मचारीको मृत्यु

विराटनगरको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा ६० वर्षीय कर्मचारीको मृत्यु

सुनसरी / मोरङको विराटनगर- ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर आज दिउँसो एक जनाको मृत्यु भएको छ।

रामजानकी कोल्ड स्टोरमा मिस्त्रीको काम गर्दै आएका विराटनगर- ५ मा घर भएका ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ । कोल्ड स्टोरभित्र ग्यास लिक हुँदा निसास्सिएर चौधरी बेहोस भएका थिए।

अचेत अवस्थामा भेटिएका उनलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएकोमा उपचारका क्रममा चिकित्सकले चौधरीलाई मृत घोषित गरेका हुन् ।
शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको थियोे । घटनाको विषयमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img