डडेल्धुरा- डडेल्धुराबाट प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले कांग्रेसलाई बलियो बनाउन आफूले जित्नुपर्ने तर्क गरेका छन् ।
चुनावी प्रचारका लागि गृहजिल्ला पुगेका प्रधानमन्त्री देउवाको स्वागतमा लाइनमा बसेका ढकालले चुनावमा एजेण्डाको लडाइँ हुने बताए ।
उनले भने, नेपालको विकास गर्ने हो भने कांग्रेसको सक्रिय कार्यकर्ता २० लाखबाट घटेर एक लाख भएपनि पुग्छ । कांग्रेसलाई अझै बलियो बनाउने हो भने मैले जित्नुपर्छ । धेरै कांग्रेसका कार्यकर्ताहरूले आफ्नो सदस्यताबाट राजीनामा दिनुपर्छ । अनि बल्ल देशको विकास हुन्छ ।
कांग्रेससँग विचार र सिद्धान्त भएका एउटा पालिकामा सय जना भए पुग्ने उनले बताए । विचार भनेको दीयोजस्तो हुनुपर्ने उनको भनाइ छ ।
उनले चुनावमा एजेण्डाको लडाइँ हुने भएकाले आफूलाई संयुक्त सभाहरूमा बोल्न दिन पनि आग्रह गरे ।