Saturday, April 19, 2025
समाजदुर्गा प्रसाईंलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उजुरी
spot_img

दुर्गा प्रसाईंलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उजुरी

काठमाडौं । व्यवयायी दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न भन्दै उजुरी परेको छ। प्रवीन बरालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिँदै प्रसाईंलाई पक्राउ गरी अनुसन्धान र कारवाही गर्न माग गरेका हुन्।

अस्पताल व्यवसायी प्रसाईंले झापामा रहेको उनको अस्पताल र मेडिकल कलेज खोल्दा नक्कली धनीपूर्जा बनाएको आरोप लागेको छ। सोही नक्कली धनीपूर्जाका आधारमा प्रसाईंले नबिल बैंक, ग्लोबल आईएमई बैंक, एनसीसी बैंक र प्रभु बैंकबाट पाँच अर्ब रुपैयाँभन्दा धेरै ऋण लिएका बताइएकाे छ।

कीर्ते धनीपूर्जाका आधारमा ठूलो ऋण रकम दिइएको तथ्य खुलेपछि नेपालको बैंकिङ क्षेत्रमा समेत खैलाबैला मच्चिएको छ भने नेपाल राष्ट्र बैंकले पनि यो विषयलाई गम्भीरता साथ लिएको बताइएको छ। तर, राष्ट्र बैंकका दोस्रो तहका एक अधिकारीले भने प्रसाईंलाई जोगाउन प्रयास गरिरहेको बुझिएको छ।

प्रसाईंले मेडिकल कलेज खोल्न मापदण्ड अनुसारको जग्गा पुराउन नसकेपछि झापाको धाइजनस्थित कित्ता नम्बर ७०६ को जग्गाको ‘कीर्ते’ धनीपूर्जा बनाएर भएकोभन्दा धेरै क्षेत्रफल देखाएका थिए।

पाँच बिघा आठ कठ्ठा १३ धुर जग्गा रहेकोमा प्रसाईंले ‘कीर्ते’ धनीपूजा बनाएर १० बिगाहा १२ कठ्ठा १३ धुर बनाएकाे। र सोही जग्गा विभिन्न बैंकमा राखी पाँच अर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको बताइएको छ।

बैंकहरूको पाँच अर्ब रुपैयाँभन्दा धेरै ऋण लगानी जोखिममा परेपछि राष्ट्र बैंकका उच्च अधिकारीहरूले निरन्तर छलफल गरिरहेका छन्। यति ठूलो रकम ऋण जोखिममा पर्दा त्यसको असर समग्र बैंकिङ प्रणालीमै पर्ने देखिएपछि राष्ट्र बैंक गम्भीर बनेको हो।

दुर्गा प्रसाईं एमालेका केन्द्रीय सदस्य पनि हुन् । त्यसैले, यो प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले पनि चासोका साथ जानकारी लिइरहेको बुझिएको छ। प्रधानमन्त्री र अर्थमन्त्रीले चासो दिइरहकै बेला अख्तियारमा उजुरी परेको हो निवेदकले सो उजुरीको बोधार्थ नेपाल प्रहरीको सिआईबी, सम्पत्ति शुद्धीकरण विभाग र झापा जिल्ला प्रहरी कार्यालयलाई पनि दिएका छन्।

प्रसाईंको अन्य सम्पत्ति र बैंक खाता रोक्का गरिसकेपछि मात्र गिरफ्तार गर्नुपर्ने पक्षमा बैंकहरू रहेको बुझिएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img