देशकोशी प्रदेशविराटनगरमा ६ वर्षीया नाबालिकालाई ब'लात्कार गरेको आरोपमा ३५ वर्षीय पुरूष पक्राउ

विराटनगरमा ६ वर्षीया नाबालिकालाई ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय पुरूष पक्राउ

सुनसरी / विराटनगरमा ६ वर्षीया नाबालिकालाई ब’लात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय एकजना पुरूषलाई पक्राउ गरेको छ ।

नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगर- १२ का ३५ वर्षीय संजन कामतलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।गत कात्तिक १५ गते पीडित नाबालिकाका आफन्तले मौखिक सूचना दिएपछि कामतलाई पक्राउ गरिएको थियो । १६ गते पीडितले कामतविरुद्ध जबरजस्ती करणीमा जाहेरी दिएका थिए ।

११ गते बिजुली बनाउन पुगेका कामतले घरमा कोही नभएको मौकामा नाबालिकालाई ब’लात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img