काठमाडौं / सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे ‘मुकुन्दे’ को धर्मपत्नी इन्दिरा संग्रौलाले छोरीलाई जन्म दिएकी छिन् ।
२०७८ साल मंसिर २७ गते विवाह बन्धनमा बाँधिएका जोडिले पहिलो सन्तानको रूपमा हिजो बुधबार भक्तपुर अस्पतालमा छोरीलाई जन्म दिएको हो । ०३५ सालमा भोजपुरमा जन्मिएका मुकुन्देले ४३ वर्षको उमेरमा विवाह गरेका हुन् ।
विभिन्न अन्तरवार्तामा उनले इन्दिराको नाम लिने गरेका थिए । झापाको कन्काई नगरपालिका- ५ डाडाँगाउँ घर भएकी इन्दिरासँग गत मंसिरमा उनले विवाह गरेका हुन् । २०५८ देखि २०७० सम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चामा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरेले आफ्नो ट्वीटर एकाउन्टमार्फत अघि सारेको राष्ट्र निर्माणको योजना गरेका थिय ।