Sunday, March 16, 2025
देशकोशी प्रदेशप्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न माग राख्दै मोरङका उम्मेदवारलाई ज्ञापनपत्र...

प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न माग राख्दै मोरङका उम्मेदवारलाई ज्ञापनपत्र बुझाए

सुनसरी | किरात राई यायोक्खाले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावपछि जित्ने जनप्रतिनिधीहरूले प्रदेश १ को नामकरण ‘किरात प्रदेश’ राख्नुपर्ने मागसहितको ज्ञापनपत्र उम्मेदवारहरूलाई बुझाएका छन् ।

विराटनगर महानगरपालिका- ११ स्थित साकेला थानमा किरात राई यायोक्खा विराटनगर महानगर कमिटिले हिजो शनिबार एक कार्यक्रम आयोजना गरी मोरङबाट उठेका प्रतिनिधी र प्रदेश सभा सदस्यका उम्मेदवारहरूलाई एकै ठाउँमा भेला गरी प्रदेशको नामरण किरात प्रदेश राख्नुपर्ने मागसहितको ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरूले मोरङ क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभा सदस्यीमा गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदी, मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधी सभा सदस्यीयमा उठेका उम्मेदवार राजकुमार यादव, मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधी सभा सदस्यीयमा उठेका उम्मेदवार लालबावु पण्डित, प्रदेश सभा सदस्ययमा उठेका पर्शुराम बस्नेत लगायतका उम्मेदवारहरूलाई एकै ठाउँमा भेला पारी किरात प्रदेश हुनुपर्ने माग साहितको ज्ञापन पत्र बुझाएका हुन् ।

उक्त ज्ञापन पत्र जनजाती महासंघका अध्यक्ष मिलन कुमार राई ,किरात राई यायोक्खा विराटनगर नगर समितिकी अध्यक्ष विष्णु राईले उम्मेदवारहरूलाई बुझाएका थिए । तर यहीँ विषयमा राजनीति , सामाजिक सञ्चालमा आलोचना भइरहेको छ ।

२३ वैशाख २०७६ मा प्रदेश १ को राजधानी विराटनगर तोकिए पनि नामकरण भने हालसम्म अनिश्चित छ। एकल पहिचान, बहुपहिचान वा भूगोलका आधारमा प्रदेशको नामकरण गर्ने विषय टुङ्गो लाग्न नसक्दा चार वर्षसम्म प्रदेश नामविहीन छ।

कतिपयले भूगोल र पहिचानलाई मिलाएर, कतिपयले भूगोलका आधारमा र कतिपय पहिचानका आधारमा अडान राख्दा प्रदेशको नामकरण हुन सकेको छैन । कोशी , सगरमाथा, किरात ,विजयपुर,लिम्बूवान, विराट’मा के राख्ने भन्ने विषयमा अन्योल भएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img