सुनसरी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौदेखि काकाकुलको समस्या झेल्दै आएका धरानबासीलाई चुनावमा भोट खसाल्ने बेलामा कोशीको पानी धरान ल्याएर जसरी भएपनि खुवाउने भन्दै चुनावी कार्ड फालेका छन् ।
वर्षौदेखि दलहरुको चुनावी भाषण र प्रतिबद्धता मात्रै जनाउने तर पनि पानीको समस्या कहिल्यै पूरा नगर्ने गर्दा पानीको समस्या झेल्दै गरेका धरानबासीलाई कोशीको पानी पम्पिङ गरेर धरान ल्याएर खुवाउने ओलीको भनाइ थियो ।
धरानमा आयोजित नेकपा एमाले तथा जसपा नेपालको संयुक्त कार्यकर्ता भेलामा बोल्दै उनले भने जसरी पनि कोशीको पानी ल्याएर धरानबासीलाई खुवाउने बचन दिएर फर्किए । ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन विचरा । कसको घरमा खानेपानी पुरयाउने ?’ उनले थपे, ‘उनले मंसिर ४ पछि आयोजना शुरू गरेर काम गर्नेछौं, त्यत्रो कोशी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ ?’
उनले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिन , ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाने, तपाईंहरू ढुक्क हुनुस्,‘नगरको बजेटले त्यो आयोजना हुन्छ त, हुँदैन । तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन ।’ उनले तमोरको पानी यासोकमा लगेर खुवाएको हुनाले यो सम्भव र पत्याउने कुरा रहेको पनि बताए ।
उनले तमोरको विशाल ट्याङ्की बनाएर अथवा टर्नेल गरेर ल्याउन सकिने पनि , उनले त्यसको लागि सर्भे पनि गराउने, चाहे डाँडो कटाएर होस्, चाहे डाँडो छेडेर होस्, जसरी भएपनि धरानलाई पानी पर्याप्त खुवाउँछौं ।’उनले ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको संख्या बढेकोले कम्युनिष्ट विभाजित भएको र उनीहरुले एमाले नै कब्जा गर्न खोजेको समेत बताए ।
नेकपा एमाले- जसपाको गठबन्धनबाट सुनसरी क्षेत्र नम्बर १ का लागि हाइ प्रोफाइलका नेता अशोककुमार राई प्रतिनिधिसभा सदस्य र रमेश बस्नेत प्रदेशसभा सदस्य (सुनसरी क तर्फ) र विजय राई (सुनसरी ख तर्फ) प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन् ।