काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हाउडेको संज्ञा दिएका छन् ।
शुक्रवार एमालेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ओलीले नेकपा एमालेले धरानमा कोशीको पानी ल्याउने बताएको प्रसङ्गलाई लिएर साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।
र्हकले ओली बोलेको भाषणको स्क्रिनसटसमेत सेयर गर्दै ओलीले कोशीको पानी धरानमा ल्याउने भनेर गफ दिएको उल्लेख गरेका छन् ।
‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शेयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ’, उनले लेखेका छन्, ‘म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले ।’
ओलीले हर्क साम्पाङलाई हियाउँदै धरानमा पानीको समस्या अहिलेका मेयरले समाधान गर्न नसक्ने टिप्पणी गरेका थिए ।