सुनसरी / सुन्दरहरैंचामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका- ७ का ४२ वर्षीया उत्तम कुमार मगरको मृत्यु भएको हो ।
सुन्दरहरैचा प्रहरी कार्यलयका अनुसार शनिबार राती ९ बजे सुन्दरहरैचा वडा नम्बर- ७ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३१ प ७२६६ नं.को मोटरसाइकलमा सवार रहेका मगरलाई बिपरित दिशा तर्फ आँउदै गरेको BR ३८ N 2202 नं.को कारले ठक्कर दिएको थियो।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागी सामुदायिक अस्पताल ईटहरी पठाईएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ । कार र चालकलाई प्रहरी नियन्त्रणमा छ भने सवारी साधन तिव्रगतीको कारणले दुर्घटना भएको प्रहरीले जनाएको छ ।



