Friday, February 7, 2025
देशकोशी प्रदेशभोजपुरका लागि उडेको निगमको जहाज काठमाडौं फर्कियो

भोजपुरका लागि उडेको निगमको जहाज काठमाडौं फर्कियो

काठमाडौं / काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजमा प्राविधिक समस्या आएपछि बीचबाटै फर्काइएको छ ।

१५ जना यात्रु लिएर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको निगम श्रोतले जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि एउटा मात्रै जहाज थियो । यही जहाज पनि ‘ग्राउन्डेड’ भएपछि निगमको आन्तरिक उडान ठप्प हुन पुगेको छ ।

आज शुक्रबार यो जहाजले भोजपुर, फाप्लु र दाङमा उडान गर्ने तालिका रहेको थियोे । निगमको विमान ग्राउन्डेड भएपछि अर्को विमान नहुँदा काठमाण्डौबाट भोजपुर जाने र भोजपुरबाट काठमाण्डौ फर्कने दुवैतर्फका यात्रु अलपत्र परेका छन् ।

जहाज ग्राउन्डेड भएपछि निगमले शनिबारको निर्धारित उडान समेत रद्द गरेको छ । अहिले विमान मर्मतको काम भइरहेको प्राधिकरणले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस