Wednesday, June 25, 2025
समाजमसँग कुनै दिन जीवित रहेको प्रमाणसमेत मागिने छ : रवि लामिछाने

मसँग कुनै दिन जीवित रहेको प्रमाणसमेत मागिने छ : रवि लामिछाने

spot_img

काठमाडौँ — नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता विवाद झिकेर चक्रब्यूहमा फसाउन खोजेको बताएका छन् । केही पनि नगर्नेले केही गर्छु भन्नेसँग सधैं जवाफ खोज्ने गरेको र आफूलाई केवल जनताको मतले मात्रै जोगाउन सक्ने उनले बताए ।

चितवनको नारायणी किनारमा बिहीबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै लामिछानेले चितवनले व्यक्तिलाई मात्रै नभएर देशलाई नै न्याय गर्नेमा आफूलाई विश्वास रहेको बताए । ‘म सधैं चक्रब्यूहमा रहने गरेको छु । सञ्चारकर्ममा रहँदा पनि मलाई सधैं घेराबन्दीमा पारिन्थ्यो । मैले जसोतसो तपाईंको मायाले सद्‍भावले ती घेराहरु तोड्न सफल भएको थिएँ,’ उनले भने, ‘म अहिले पनि यस्तो चक्रब्यूहमा छु, तपाईंहरुले घण्टी चिह्नमा मतदान गरेरमात्रै त्यो चक्रब्यूहबाट निस्कन सम्भव हुनेछ ।’

उनले आफूले हिजोका दिनदेखि नै सबैको कानमा घण्टी बजाइरहेकोले गर्दा अभिमन्यूको नियति भोग्नुपरेको दाबी गर्दै अब भने जनताको मत प्राप्त गरेपछि ‘ब्याण्ड’ नै बजाउने बताए । ‘मलाई पटक-पटक म हुनुको प्रमाण मागिन्छ । मलाई प्रश्नहरुको घेरामा राखिन्छ । मलाई पटक-पटक शंकाको घेरामा राखिन्छ,’ उनले भने, ‘विदेशको सुविधा छोडेर नगन्य व्यक्तिहरुमात्रै देश फर्केर आएका छन् । मैले देश फर्केर बिराएछु कि जस्तो पनि लाग्छ ।’

लामिछानेले नागरिकता विवादतर्फ इंगित गर्दै आफूलाई कुनै दिन जीवित रहेको प्रमाण पनि पेस गर्न लगाउन सक्ने बताए । ‘मलाई जिउँदो छस् भनेर प्रमाणित गर् भनिने छ र म त्यसको प्रमाण जुटाउन कुनै वडामा सिफारिस प्राप्त गर्नका लागि दस्तुर बुझाएको हुनेछु,’ उनले भने, ‘अब मसँग आफ्ना लागि भन्नुपर्ने केही पनि बाँकी छैन । म विवादसँग डराउने मानिस होइन । मलाई त देशै निकाल्न खोजेका मान्छेहरु पनि थिए । तर आज तिनीहरु कहाँ छन् मलाई थाह छैन । म हरेक नागरिकको घरमा सुखदु:खमा साथै छु ।’

उनले नेपाली नागरिकको दु:खलाई सम्बोधन गर्नकै लागि यो अभियान सुरु गरेको बताउँदै मंसिर ४ मा घण्टी चिह्नलाई मतदान गरी सहयोग गर्न आग्रह गरे । उनले आफ्नो पार्टीले चुनाव नजिते देश फेरि पनि भ्रष्टाचार र बेथितिको जालोमा पर्ने दाबीसमेत गरे ।

नारायाणी किनारमा आमसभामा भाग लिन जम्मा भएका हजारौं नागरिक स्वत:स्फूर्तरुपमा आएको बताउँदै उनले अब परिवर्तनलाई कसैले पनि रोक्न नसक्ने दाबी गरे ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img