देशमधेस प्रदेशमहोत्तरीमा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच हानाहान, पाँच जना घाइते
spot_img

महोत्तरीमा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच हानाहान, पाँच जना घाइते

काठमाडौं / महोत्तरीका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच हानाहान भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट गएका एमालेका कार्यकर्ताले माओवादीका कार्यकर्तामाथि आक्रमण गरेको स्थानीयले बताएका छन् ।

एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएका स्रोतले जनाएको छ । एमालेका कार्यकर्ताले मदिरा सेवन गरेको कुटपिट गरेको पीडित पक्षको आरोप छ । घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल र रामवीय मण्डल रहेका छन् । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img