सुनसरी / सोलुखुम्बुको नेचासल्यान गाउँपालिका- ४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका छन् ।
मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
सर्लाहीको हरिपुर्वा नगरपालिका- ५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए। उनी लामो समयदेखि सुगर र मुटुको औषधी प्रयोग गर्दै आएको खुलेको छ । घटनाको विषय थव अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्ड घटनास्थल पुगिसकेको छ।