Saturday, February 15, 2025
देशकोशी प्रदेशविराटनगरमा विहानै शंकास्पद वस्तु फेला, सेनाको डिस्पोज टोली जाँदै

विराटनगरमा विहानै शंकास्पद वस्तु फेला, सेनाको डिस्पोज टोली जाँदै

सुनसरी / विराटनगर उपमहानगरपालिका- ३ पुष्पमार्गमा बमजस्तै देखिने शंकास्पद वस्तु आज विहान भेटिएको छ । सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएको छ ।

आज विहान ७ बजे बजेतिर शंकास्पद एउटा झोला देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए ।

‘पुष्पलाल चौकदेखि दक्षिणतिर पुष्पमार्गमा शंकास्पद वस्तु फेला परेको, ’ उनले भने ‘अहिले नेपाली सेनाको बम डिस्पोजन टोलीलाई खबर गरेको , सेनाको टोली घटनास्थलतिर जादैछ ।’ शंकास्पद वस्तु फेला परेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । शंकास्पद वस्तु के हो भनी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img